फाइनलमा नेपाल भारतसँग भिड्ने

admin

विराटनगर, ६ चैत : पाँचौँ महिला साफ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइन खेलमा भारतले बङ्गलादेशलाई ४–० गोलले पराजित गरेको छ । भारतले अब फाइनल खेल नेपालसँग खेल्नेछ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा भारतीय खेलाडी इन्दुमती कथरेसाले दुई तथा डालिमा छिबर र मनिषाले एक÷एक गोल गरिन् ।

भारतका लागि खेलको १७औँ मिनेटमा छिबरले पहिलो गोल गरिन् भने कथरेसाले २२औँ मिनेटमा अर्को गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् । यस्तै खेलको ३७औँ मिनेटमा कथरेसाले व्यक्तिगत दोस्रो गोल गरी भारतलाई ३–० को अवस्थामा पु¥याइन् । खेल सकिन केही मिनेट बाँकी छँदा भारतीय खेलाडी मनिषाले गोल गर्दै भारतलाई ४–० गोलले जिताइन् । शुक्रबार नेपाल र भारतबीच फाइनल खेल हुनेछ । भारत पाँचौँ पटक फाइनलमा पुगेको हो ।
-रासस

प्रतिक्रिया