फाइभस्टार होटलमा भाँडा माझ्ने महिला एकाएक यसरी बनिन् अरबपति !

मनिषा थापा

एजेन्सी : वाशिङटनको एक फाइभस्टार होटलमा भाँडा माझ्ने महिला कामदारले एक झट्कामा पूरै होटल टाट पल्टाइदिएर आफैं अरबपति बनेकी छिन् । एक अदालतले ती महिलाले काम गर्ने होटललाई २१ मिलियन डलर (२ अर्ब ३८ करोड नेपाली रुपैयाँ) मुआब्जा तिर्न आदेश दिएको छ । होटलले महिलालाई आइतबार काममा बोलाएको थियो ।

हरेक आइतबार ती महिलाको विदा हुन्थ्यो र उनी चर्च जान्थिन् । होटलले काममा बोलाएपछि उनले धार्मिक भावनालाई ठेस पु¥याएको भन्दै मुद्दा दायर गरिदिएकी थिइन् ।

मेरी ज्याँ पियरे नामकी ती महिलाले कोनराड मियामी होटलमा करिब ६ वर्ष काम गरेकी थिइन् । २०१५ मा उनका किचन म्यानेजरले मेरीलाई आइतबार काममा बोलाउनुपर्ने माग राखे जसलाई होटल प्रबन्धनले स्वीकार गर्यो । कोनराड होटल हिल्टन ग्रुपको स्वामित्वमा संचालित छ । मेरी एक क्याथोलिक ग्रुप सोल्जर्स अफ क्राइस्टकी सदस्य हु् । यो समूहले गरिबहरुलाई सहयोग गर्छ । मेरीले दायर गरेको मुद्दामा आफ्नो धार्मिक मान्यताका कारण आइतबार होटलमा काम गर्न असमर्थ भएको बताएकी थिइन् ।

शुरुमा मेरीले आफ्ना सहकर्मीसँग शिफ्ट साटेर आइतबार विदा लिन्थिन् । तर, पछि होटलले उनको काम खराब भएको भन्दै कामबाट निकालिदियो । होटलले उनको काम ठिक नभएको भन्दै निकाले पनि मेरीले भने अदालतमा आफूलाई धार्मिक कारणले भेदभाव गरेको दावीसहित उजुरी दिएकी थिइन् ।

अदालतले मेरीको दावी सही ठहर गर्दै होटललाई २१ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । यसबाहेक होटलले मेरीको बाँकी पारिश्रमिक ३५ हजार डलर (४० लाख नेपाली रुपैयाँ) र उनलाई मानसिक पीडा दिएवापत ५ लाख डलर (५ करोड ६८ लाख नेपाली रुपैयाँ) समेत तिर्नुपर्नेछ ।

प्रतिक्रिया