फिल्म ‘जीरो’ को सेटमा आगलगी, सेटमै थिए शाहरुख खान

रिता घिसिंग

पिएनपिखबर : बलिउड सुपरस्टार शाहरुख खानको चलचित्र ‘जिरो’को शूटिंङको क्रममा मुम्बईको एक फिल्म स्टूडियोमा आगलागी भएको छ। आगलागी बिहिबार बेलुका साढे चार बजे लागेको हो। घटना घटेको बेला शाहरुख खान पनि सेटमै थिए। फिल्मको केहि भाग शुट हुन बाँकि थियो।

फिल्ममा कुनै बिस्फोटका काम हुँदै थियो। यसैक्रममा अचानक एक लाइटको शार्ट सर्किट भएका कारण आगलागी भएको हो। तर आगलागीमा जनधनको क्षति भएको छैन । समयमै फायर बिग्रेड आएका कारण आगलागी पनि नियन्त्रणमा आयो। शुटिंगमा आबद्ध सबै शकुसल नै छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू