फेरि भाइरल हुुँदै कृतज्ञ अर्यालले बनाएका स्केचहरु

admin

नयाँ दिल्ली । स्याङ्जा वालिङकि कृतज्ञ अर्याल सिए पढ्दै गरेकी बिद्यार्थी हुन्।उनी अहिले अध्यनको सिलसिलामा भारतको राजधानी दिल्लीमा छन् । उनलाई आफ्नो पढाईको अलावा गीत गाउन र चित्र बनाउन अति मन पर्छ।

केहि समय अगाडि उनले बनाएका मिस नेपाल शृङ्खला खतिवडा र हिन्दी फिल्मका नायक सलमान खानको स्केचले सामाजिक संजालमा निकै चर्चा पाए । आफ्नो विषय भन्दा फरक क्षेत्रमा उनले गरेको मिहेनतको कारण उनका स्केचले सबैको मन छोएकोे थियो।

सांच्चिकै कृतज्ञले बनाएका स्केचहरु कुनै प्रोफेसनल आर्ट्सले बनाउने भन्दा फरक छैनन् । पढ्दै गर्दा केहि समय उनले यो क्षेत्रमा दिने गर्छिन्। साथै उनले संगीतमा पनि समय दिन्छिन्।आगामी वर्ष नेपाल आइडलको सिजन ३ मा भाग लिन उनको नेपाल जाने योजना छ।

हालै मात्रै उनले नेपाली पत्रकारितामा सबैको मन जितेका पत्रकार रवि लामिछाने ,एशियन बडि बिल्डिङ्ग एण्ड स्पोर्टस् च्याम्पियनसीपमा स्वर्ण पदक प्राप्त गरेका महेस्वर महर्जन र मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटाको स्केच बनाएकी थिईन् । अहिले फेरि यिनी स्केचले चर्चा पाएका छन् । राष्ट्रको हितको लागि काम गरेका व्यक्तिहरुको सम्मान स्वरुप उनले बनाएका यि स्केचहरुले सांच्चिकै जो कोहिको पनि मन लोभ्याउँछ।
उनले बनाएका केहि स्केचहरु:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू