फेरी बढ्यो सुनको भाउ

मनिषा थापा

काठमाडौं : आज साताको चौथो दिन सुनको भाउ फेरी बढेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो भने छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो मंगलबार चाँदी ८२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया