फोहोर जुत्ताको मूल्य ९८ हजार तोकिएपछि ट्विटरमा लाग्यो कमेन्टको ओहिरो

मनिषा थापा

पिएनपिखबर : महँगो-महँगो ब्राण्डको लुगा कपडा लगाउने रहर कसलाई हुदैन। सामाजिक संजालमा अहिले यस्तै एक जुत्ताको तस्बिर भाइरल छ।

जुन हेर्दा एकदम फोहोर देखिन्छ। तर तपाईले त्यस जुत्ताको मुल्य थाहा पाउनु भयो भने चकित पर्नु हुनेछ। बस्ताबमा यो जुत्ता चर्चित ‘इटालियन लग्जरी ब्रान्ड’ गूचीको हो। यसको मुल्य ८ सय ७० डलर पर्छ। जुन नेपाली ९८ हजार पर्छ।

 

गूचीको यस जुत्ताको अनलाइन बिक्रिमा रखिएको छ। जसलाई सबैले ट्रोल बनाई रहेका छन्। मानिसहरु विभिन्न खालको कमेन्ट गरेर ट्रोल गर्न शुरु गरेका छन्। कसैले भने कि त्यस जुत्ता ६ महिनासम्म खेतमा काम गर्दा लाएको जस्तो देखिन्छ।

यस जुत्ताको मुल्यले नै सबैको आँखा तानेको छ। ब्रयांड गूचीको अनुसार, कानभस र लेदरको स्नीकर २०१९को नयाँ क्रूज कलेक्शन हो। यसलाई भिडेज स्नीकर नाम दिईएको छ जसमा अलग खालको इफेक्ट पाउन सकिनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू