बंगलादेशमा रेल दुर्घटना , १६ को मृत्यु

राष्ट्रिय समाचार समिति

ढाका, २६ कार्तिक : बंगलादेशमा रेल दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । ४० जना घाइते छन् ।दक्षिणी बन्दरगाह चितागंग जाँदै गरेको रेल ब्रह्मनबारियास्थित अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो । स्थानीय मिडियाका अनुसार मंगलबार बिहान ३ बजे यस्तो घटना भएको हो । घटनास्थल राजधानी ढाकाबाट १ सय किलोमिटर पर पर्छ ।

‘जब म रेलबाहिर निस्किएँ, मैले कसैलाई टाउको गुमाएको, कसैको खुट्टा नभएको र कसैको हात नै नभएको देखेँ,’ ५० वर्षीय मोहम्मद मुस्लिमले भने । जो एक प्रत्यक्षदर्शी यात्रु हुन् । मोहम्मद स्वयं मुस्किलले बाँचेको कुरा अन्तर्राष्ट्रिय मिडियासामु बताएका थिए ।

मृतकको शरिर अहिलेसम्म पोस्टमार्टम गर्ने प्रक्रियामा रहेको अधिकारीहरुले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुख व्यक्त गरेकी छन् । घटनाका पीडितलाई सहयोग गर्न आग्रह गरेकी छन् । बंगलादेशमा रेल दुर्घटना यसअघि पनि हुने गरेको थियो ।

प्रतिक्रिया