बखत नै अचम्म पर्ने पुर्वका जोडी, बखत र प्रतिभालाई दिए यस्तो संदेश, भद्रगोलमा खेल्ने चाहना [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। भनिन्छ प्रेम अन्धो हुन्छ। प्रेमलाई उचाईले फरक पार्दैन। प्रेममा धनिगरिब, सानोठुलो, जातभात आदि केहीले असर गर्न सक्दैन। मन मिलेसी हजारौं बन्देजहरु तोडिन्छ्न्। सोही भनाईलाई वास्तविक बनाएका छ्न् पुर्बका एक अग्लाहोचा जोडीले।

पछिल्लो समय सामाजिक संजाल र सोसिएल मिडियामा बखत बिष्ट र प्रतिभा चौधरीको जोडीले सर्बाधिक भाईरल हुँदै सबैलाई चकित तुल्यायो। त्यस्तै अर्का जोडी भेटिएका छन पुर्बी दमकमा। सामाजिक संजाल मार्फत पहिलो भेट भएको जोडी पछि बिबाह बन्धनमा बाधिय लगभग दुई बर्ष अगाडि देखी बैवाहिक जीवन बिताईरहेका बिष्णु मगर र सपना मगर को जिबनशैलि गजबको छ।

सपना हास्दै भन्छिन, ‘काखैमा बोकेर खोला तारेको छु।’ श्रीमान होचा भएता पनि धेरै माया गर्ने र उनलाई कुनै पनि सामाजिक अप्ठ्यारो महसुस नहुने बताइन्। परिवारको स्वीकृति अनुरुपनै आफू आएको उनको भनाई छ। अन्लाईन ग्रुप मार्फत सुरु भएको उक्त जोडिको निस्वार्थ प्रेम अन्त्यमा वैवाहिक जिबनमा परिणत भयो। “श्रीमति अग्लो र आफू होचो हुदा समाजले हेप्दैन” भनी प्रस्न गर्दा समाजले झनै माया गर्ने गरेको भन्छ्न बिष्णु मगर।

नैतिक दृष्टिकोणबाट हेरिने हो भने सबै कुराहरुमा सरलता पाईन्छ। बखत र बिष्णु जस्ता हजारौं होचा ब्यक्तिहरु छ्न् हाम्रो टोल-टोल अनि छिमेकमा,मानवीय व्यबहारले बिवेकशिल र चेतनशिल प्राणीको चिनारी झल्किन्छ। त्यसैले स-सम्मान साथ बाच्न पाउनु हरेक प्राणिको अधिकार हो। हामिले यस्ता ब्यक्तिहरुलाई साथ र हौसला प्रदान गर्नु पर्छ तिरस्कार र घृणा होइन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू