बङ्गलादेशका प्रधानमन्त्री चीन भ्रमण गर्दै

राष्ट्रिय समाचार समिति

बेइजिङ, १० असार: बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्नुहुने भएको छ । “चिनियाँ प्रधानमन्त्री ली खछ््याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको छ,” चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताउनुभयो ।

चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३ औँ गृष्मकालीन डेभोस फोरममा पनि सहभागिता जनाउनुहुनेछ । रासस÷सिन्ह्वा

प्रतिक्रिया