बङ्गलादेशद्वारा भूटान पराजित

admin

विराटनगर, ३० फागुन: पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए । खेलको ४६औँ मिनेटमा मौसुमीले पहिलो गोल गरिन् भने ८५औँ मिनेटमा खातुनले दोस्रो गोल गरेकी थिइन् । 

पहिलो हाफमा दुवै टोलीले गोलरहित खेल खेलेका थिए । बङ्गलादेशको आक्रमणलाई भूटानी डिफेण्डरले पहिलो हाफसम्म विफल बनाएका थिए । बङगलादेश साफ सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल र बङ्गलादेशबीच शनिबार हुने लिगको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । 

 

भूटान प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । भूटान पहिलो खेलमा नेपालसँग ३–० गोलले पराजित भएको थियो । शुक्रबार समूह ‘बी’ अन्तर्गत श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया