बच्चामा झाडापखला लागेमा के गर्ने ?

रिता घिसिंग

एजेन्सी : बच्चाहरुको रोग प्रतिरोधात्मक क्षमता राम्रोसँग विकास भइसकेको हुदैन । जसले गर्दा उनीहरुको शरीरमा किटाणुहरुले सजिलैसंग संक्रमण गर्न सक्छन् । बच्चाहरुलाई झाडापखलाले निकै सताउने गर्छ । त्यसैले बच्चालाई जतिसक्दो चिसोबाट बचाउनु पर्छ । बच्चालाई झाडापखाला लागेमा अभिभावकले धेरै कुराहरु ख्याल गर्नुपर्छ । झाडापखालाले बच्चा कम्जोर हुन्छन् । यसबाट उनीहरुलाई जतिसक्दो चाँडो बचाउनु पर्छ ।

बच्चामा झाडापखाला देखिएमा यी कुरामा ध्यान दिनुहोस :

१) यदि बच्चालाई झाडापखाला लागेको दुइ हप्ताभन्दा कम भएको छ भने एन्टी बायोटिकको प्रयोग गर्न हुदैन ।

२) झाडापखाला भएको बच्चामा पोटासियमको कमी हुन्छ । त्यसैले यसको कमी हुन नदिनको लागी केरा खान दिनुपर्छ ।

३) पोटासियमको कमीले पेट पनि फुल्न सक्छ । त्यसैले फलफुल प्रसस्त मात्रामा खुवाउनु पर्छ ।

४) झाडापखाला लागेको समयमा बच्चाले कम पिसाब फेरेमा प्रसस्त मात्रामा झोल पदार्थ खुवाउनु पर्छ । यसले मृगौलालाई बचाउँछ ।

५) यस अवस्थामा एन्टी बायोटिकको प्रयोग गर्नाले बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र झन् समस्या आउन सक्छ ।

६) दिसामा रगत गएको पाइएमा आउँ हुन सक्छ यस्तो वेला तत्काल स्वास्थ्य संस्थामा लगी दिसा जाँच गराउनुपर्छ ।

प्रतिक्रिया