बदाम र कुल्फी बेचेर भाइरल भएका मन कुमारको भविष्यमा बिजनेस गर्ने योजना, विवाहको छैन कुनै सोच [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :   सडकमा बदाम, कुल्फी बेच्दै हिडेका मन कुमार राईको कुल्फी बेच्ने शैली देखेर सबै अचम्म मान्थे। ”आयो कुल्फी आयो आयो कुल्फी आयो” भन्दै घर घरमा नाच्दै-हास्दै कुल्फी बेचेर हिडेका उनी एका-एक निकै भाइरल भए।

जोरपाटी क्षेत्रमा दैनिक जसो भेटिने उनी अन्य कुल्फी बदाम वाला भन्दा फरक छन । वास्तवमा उनलाई यो पेशा अपनाउनुको पनि छुट्टै कारण रहेछ । शुरुमा गलैचा बुन्ने उनी बसेर गर्ने काम गर्दा विभिन्न रोगले गाजेछ ।

सामान्य परिवारमा आठौं सन्तानको रुपमा जन्मिएका राईले बाल्यकाल अभावै अभावमा बिताएका थिए । शिक्षा, स्वास्थ्य, लत्ताकपडा, पोषणयुक्त खानेकुरा त परै जाओस । मानिसलाई चाहिने आधारभूत आवश्यकता समेत परिपूर्ती गर्न सक्दैनथे उनको परिवारले । त्यसैले होला उनले सानैमा बिरक्तिएर घर छोडे । पढ्ने र परिवारसँगै बस्ने उमेरमा परदेशी जीवन रोजे ।

अहोले राजधानीको जोरपाटीस्थित डालोमा कुल्फी अनि बदाम बोकेर टोल-टोल गीत गाउदै नाच्दै हिन्न थालेको केहि दिन मै उनी टोल कै परिचित कुल्फिवाला हुन पुगे । उनले दिनको ९ सय देखि १८ सय सम्म कमाउने बताउछन । यस्तो व्यापार गर्ने त हजारौ छन् राजधानीमा तर मन कुमारको बेच्ने सैली भने पृथकको छ । उनी भाइरल भए पछी उनको जिन्दगीमा ठुलो परिवर्तन आएको छ। कलाकार विल्सन बिक्रम राईले पनि उनलाई भेट्न पुगे साथमा ३३ हजार रुपैया पनि । त्यो पैसा भने उनले हंगकंगवासी आफ्नो आफन्तले पठाएको रहेछ ।

सानै उमेरमा काठमाडौँ छिरेका सोलुखुम्बु सल्यानका मन कुमार राई करिब दुई दशकपछि परिवारसँग नागरिकता बनाउन गाउँ पुगेर नागरिकता बनाएर  फर्किएका छन्। उनले धेरै वर्षपछि आफ्नो परिवारसँग पनि भेटेका छन्।

४३ वर्षको उमेरमा पनि उनले विवाह भने गरेका छैनन्। उनले विवाह गर्ने सोच नभएको बताए। उनले आफ्नो गीत पनि रिलिज गराए जसमा उनकै अभिनय रहेको थियो।  पछील्लो समय उनी अन्तर्वार्ता र आफ्नो व्यापारमा नै व्यस्त छन्। गर्मीमा कुल्फी बेचिरहेका मनकुमार अब जाडो महिना लागेका कारण बदाम बेच्ने तरखरमा छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू