बमजनको आश्रममा प्रहरीले भेट्यो महिलाको सल र कराँते खेल्ने सामानहरु [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। पछिल्लो समय विवादित बनेका ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा भएका भनिएका शंकास्पद गतिविधिका प्रमाण भेटिएको प्रहरी स्रोतले बताएसंगै बम्जनको यस बिषयतर्फ सबै नेपालीको ध्यान केन्द्रित भएको छ। सिन्धुपाल्चोकको इनद्रावती गाउँपालिका-६ बाँडेगाउँस्थित टोड्केवारीमा अवस्थित उनको आश्रममा अनुसन्धानका लागि पुगेको प्रहरीले विभिन्न प्रमाण फेला पारेको बताएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६, बाँडेगाउँको टोड्के जंगलमा रहेको रामबहादुर बम्जनको आश्रम पुग्न सदरमुकाम चौताराबाट चार घण्टा लाग्छ । हामी स्थलगत रिपोर्टिंगको क्रममा भक्तपुरबाट तेलकोट, साँखु, जहरसिंह पौवा, सिपाघाट हुँदै जाँदा करिब ५ घण्टाको सवारी यात्रामा त्यहाँ पुग्यौ । त्यहाँ पुगिसकेपछि प्रहरी समेत अनुसन्धानको क्रममा आएको हामीले थाहा पायौ।

बम्जन आश्रममा पुग्न टोड्के जंगलतिर झर्नुपर्ने थियो । वनको बीचमा सामान्य गोरेटो र ठाडो आरोलो झर्न भने सजिलो थिएन । करिब आधा घण्टा बढी सीधा आरोलो झरेपछि बम्जनको आश्रममा पुग्यौं । बम्जनको आश्रममा पुग्दा प्रहरीसमेत गेटमा सुरक्षा दिएर बसिरहेको थियो । अनुसन्धानको लागि खटिएको प्रहरीको अर्को टोलि भने आश्रम भित्र अनुसन्धानमा सक्रिय थियो। हामी रजिष्टारमा नाम लेखाएर आश्रमभित्र छिर्यौ। जंगलको बीचमा वरिपरि काँडेतारले घेरिएको थियो । आश्रमका संरक्षक सुक्विर तामांगले हामिलाई आश्रम भित्र लागे। आश्रममा वातावरण शान्त थियो। असामान्य गतिविधि भएको भनिएको सो आश्रम सामान्य जस्तो देखिन्थ्यो । तर आश्रमका संरक्षक, गुरु र शिष्यहरुको व्यवहार भने केहि अनौठो र शंकास्पद देखिन्थ्यो। बिश्रामस्थलमा हामी बसिरहँदा संरक्षक तामांग भने बारम्बार प्रहरी कुकुरसहित अनुसन्धानमा आएको तर केहि पनि प्रमाण भेट्न सक्दैन भनेर विश्वास्त मुद्रामा प्रस्तुत भएका थिए । आश्रममा साना–ठूला आठवटा जस्ताको टहरो बनाइएको रहेछ । शिष्यहरु बस्ने, पूजापाठ गर्ने, खाना बनाउने, खाना खाने अलग–अलग टहरा बनाइएको रहेछ । आश्रमभित्र कार्यालय तथा पाहुना आउँदा बस्ने पनि फरक-फरक टहरा छ ।

अनुसन्धानमा प्रभाव पर्ने भन्दै हामीलाई समाचार संकलनको लागि अनुसन्धानस्थलमा जान दिइएको थिएन। आश्रमस्थलबाट करिब ३ सय मिटरको दुरीमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । आश्रमका गुरु, संरक्षक र केहि शिष्यहरु पनि अनुसन्धान स्थलमा सहभागी थिए जो एकापसमा कुराकानी गरिरहेको भने प्रष्ट देख्न सकिन्थ्यो। तर जतिपनि गुरु, संरक्षक, शिष्य भने हतास मुद्रामा काम गरिरहेको प्रष्ट देख्न सकिन्थ्यो। शिष्यहरुले ध्यान गर्ने कोठामा जान खोज्दा केहि बेर कुर्यैयो र पछी संरक्षक शिष्यहरुलाई भेटेको करिब १५ मिनेट पछि त्यहाँ पुग्दा ८ जना शिष्य ध्यानमा तल्लिन देखिन्थे। कोठामा रामबहादुर बम्जनको ठुलो तश्विर थियो। ओछ्यान पनि लगाइएको थियो। ओछ्यान माथि बम्जनको लिपिबद्ध ज्ञानको किताबसमेत थियो। साथै कराते खेल्दा प्रयोग हुने सामग्री पनि थियो। संरक्षक तामांगले शिष्यहरु ध्यानमा छदा उनीहरुको प्रत्यक्ष बम्जनसंग कुराकानी हुने बताए। पछी शिष्यहरुसँग यसबारेमा बुझ्दा भने उनीहरुले ध्यान बस्दा त्यस्तो प्रत्यक्ष कुराकानी नहुने बताए। शिष्यहरु अनुसन्धान सुरु भएपछी ध्यानकक्षमा नै सुत्ने गरेका रहेछन। बिहान-बिहान जिउ तताउनको लागि कराते खेल हुने समेत संरक्षक तामांगले बताए। बम्जनले प्रत्युत्पादन गरिएको भनिएको लिपिबारे शिष्यलाई भने थाहा रहेनछ। तर संरक्षकले भने शिष्यहरुलाई सिकाउदै गरिएको बताएका छन।

केहि खरायो तथा कुकुरहरु पनि आश्रमभित्र पालिएको रहेछ। तामांगका अनुसार भक्तहरुले दान दिएको जनावरलाई हामीले सुरक्षित राखेका हौ। आश्रममा कामबिशेषले सर्वसाधारण सहजै छिर्न पाउने उनले बताउदै गर्दा हामी आश्रम भित्र प्रवेश गर्दा नाम र ठेगाना सहित राखिएको रजिष्टरमा भने अघिल्लो पानाहरु देखिदैनथ्यो । यद्यपी हामी आश्रमभित्र रहंदा एकजना स्थानीय बृद्ध भने घास काट्न आइपुगेका थिए। उनलाई रामबहादुर बम्जनको बारेमा सोध्दा केहि पनि थाहा नभएको बताए। आश्रममा त्यस्तो अपराधिक घटना भएको हुन नसक्ने उनको तर्क थियो ।

करिबकरिब बेलुकीको ६ बजेपछि कुकुरसहित अनुसन्धानमा आएको प्रहरी टोलि फर्कने सुरसार गर्दै गर्दा प्रहरी र गुरु अनि केहि शिष्य भने करिबकरिब आधा घण्टाको छलफल पछी आश्रमबाट निस्किए। प्रहरीको केन्द्रिय अनुसन्धान टोलिले कुकुर प्रयोग गरेर गरेको अनुसन्धानले धेरै प्रमाणहरु फेला पारेको बताएपनि प्रहरीले आधिकारिक रुपमा सार्वजनिक गर्न भने बाकी छ । प्रहरीले बमजनको सयनकक्ष नजिकै रहेको सङ्कास्पद स्थानमा कुकुरले सङ्केत गरेको र सो स्थानमा उत्खनन् गर्दा महिलाको सल, झोला, चात्तिएको लुगाको टुक्रा ,च्यात्तिएको चकटी लगायतका धेरै सामाग्री फेला पारेको अनुसन्धान प्रक्रियामा सम्लग्न एक सदस्यले बताएपछि हामि सो स्थानमा स्थलगत अध्ययन गर्न पुग्यौ।

८० रोपनी क्षेत्रफलमा फैलिएको बम्जनको आश्रम निक्कै फराकिलो छ । तर, जंगल र डाँडाकाँडा भएकाले धेरै टाढासम्म देख्न सकिँदैनथ्यो । अरु टहराभन्दा दुई सय मिटर तल अझ घना जंगलको बीचमा बम्जन बस्ने छुट्टै भुइँतले पक्कि घर रहेछ । जुत्ता मोजा खोलेर बम्जन बस्ने कक्षमा पुग्दा आरामदायी लो बेड पलंग र २ ओटा म्याट्रेस देखिन्थ्यो जसलाई हमिसंगे गएका शिष्य र अनुयायीले ढोगेका थिए। शिष्यहरुलाई बम्जनले ज्ञान दिने भनिएको अर्को कोठामा भने बम्जनको ज्ञान लेखिएको किताबहरु २०-२५ ओटा बोरामा हालेर राखिएको थियो। प्रहरीले बम्जनको यहि सयनकक्ष नजिकै विभिन्न शंकास्पद बस्तु भेटेको हो । ३ कोठाको बम्जनको शयनकक्षमा छिर्नेबित्तिकै भने केहि काम नलाग्ने सरसामान राखिएको थियो। आश्रमकै शिष्यहरुसमेत जान नपाउने बम्जनको कक्ष नजिकै कसरी महिलाको साल भेटियो यो निकै नै शंकास्पद र रहस्यमय छ।

बम्जनको सयनकक्ष अवलोकन गरिसकेपछि हामी अनुसन्धानको क्रममा प्रहरीले नुनको प्याकेट भेटिएको भनिएको आश्रमबाट करिब ३ सय मिटरको दुरीमा रहेको स्थानमा पुग्यौ । सुरुको दिनमा उत्खनन गरिएको खाल्डोमा त्यसपछिको लगातारको अनुसन्धानको क्रममा कुकुर हिड्दुल गर्दा खाल्डो केहि पुरिसकेको अवस्थामा थियो। उत्खननको क्रममा मलिलो माटो खनिसकेपछी पृथ्वीको उत्पत्ति देखि रहेको माटोमा करिब ४ फिट मुनि कसरी नुनको प्याकेट भेत्तौं सकिन्छ भन्दै एक गुरु आक्रोशित मुद्रामा प्रस्तुत हुँदै प्रहरीले योजनावद्ध रुपमा प्लास्टिकको प्याकेट देखाएर फसाउन खोजिएको दावी गरे । उत्खनन गर्दा माटो खन्न प्रयोग हुने सामानले प्याकेटहरु च्यातिन पर्नेमा शकुसल भेटिएकोले पनि यो सबै प्रहरीको चाल भएको उनले बताए।

प्रहरीले करिबकरिब १०-१२ स्थानमा उत्खनन गरेको हामीले अवलोकनको क्रममा थाहा पायौ । खेतवारीमा भने पहिलेदेखि नै विभिन्न मौसमी तरकारीहरु लगाउने गरेको आश्रमका संरक्षक ताम्न्गले बताए। २०७० सालमा बाडेगाउँमा आश्रम बनाइएको हो । पूर्वमन्त्रीसमेत रहेका ताप्लेजुङका मणि लामा, पञ्चायतकालीन समयमा राजनीति गरेका नुवाकोटाका कमानसिंह लामालगायतले त्यो आश्रम बनाएका थिए । उनीहरुले २०७१ सालमा बाराको हलखोरियाबाट बम्जनलाई सिन्धुपाल्चोक बोलाए । २०७२ वैशाखमा भूकम्प जाँदा बम्जन बाँडेगाउँ टोड्के वनकै सोही आश्रममा थिए । भूकम्प गएको केही महिनासम्म बम्जन त्यहीँ बसे । त्यसपछि उनी बारातर्फ नै लागेका त्यहाँका शिष्यहरु बताउँछन् । अहिले भने बम्जन सिन्धुलीमा रहेको आश्रममा रहेको बताइएको छ।

शिष्यहरुले बम्जनको जुठो खाना खानुपर्ने खबर झुटो र मिथ्या भएको बाडेगाउँस्थित आश्रमका शिष्यहरु बताउछन । उनीहरु बम्जनलाई भगवानको रुप मान्ने गर्छन। बम्जनविरुद्ध लागेको मुख्य आरोप हो, आनीविरुद्धको यौनहिंसा र मानव बेपत्ता । बेपत्ता मकवानपुरका संचालाल वाइवाको बिषयमा कुरा गर्दा आश्रमका संरक्षक सुक्विर तामंग भने आश्रममा आएको अथवा नआएको थाहा नभएको बताउछन। शिष्यहरु पनि यसबारेमा थाहा नभएको बताउछन । आफन्त र आश्रमभित्र दुर्व्यवहार देखेकाहरुको आधारमा सञ्चलाल वाइबालगायतका अरु बेपत्ता हुनु रहस्यमयी देखिन्छ । आश्रममा रहेका केहीको हत्या गरेको तर शिष्यहरुलाई उनीहरु भागेको भनेर ढाँटेको हुनसक्ने समेत धेरैले आशंका गरेका छन् । त्यसैको आधारमा प्रहरीले विभिन्न प्रमाण संकलन गरेर अनुसन्धान गरिरहेको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू