बमजनको सिन्धुली आश्रममा के हुँदै छ यस्तो ? [विशेष स्थलगत रिपोर्ट हेर्नुहोस् भिडियोमा]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। लिटिल बुद्धकाे नामले प्रख्यात रामबहादुरू बम्जनलाई अहिले उनकै अनुयायिहरूकाे बलत्कार, बेपत्ता पार्ने जस्ता अभियाेग लाग्दै आएको छ।

शो कुराको रहस्य पत्ता लगाउन प्रहरी लगायत पत्रकार समेत लागि परेको छ। प्रहरीले सिन्धुलीमा रहेको बमजनको आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा अनुसन्धान गरीरहेको छ भने पत्रकारहरुले सत्य तथ्य पत्ता लगाउन दिन रात खटिरहेका छन्।

अहिले समाचार माध्यम, प्रहरी र जनताको नजर बमजन र उनी बस्ने आश्रमतर्फ बढिरहेको छ। यस विवादको जरासम्म पुग्नको लागि निरन्तर मिडियाहरु लागि परिरहेका छन्। हालै बमजनसँग जोडिएका धेरै कुराहरु मिडियामार्फत एक पछि अर्को गर्दै आइरहेको छ।

बम्जन पदयात्रामा निस्किने भएकोले उनको अनुयायीहरु उनलाई भेट्न र उनीसँगै पदयात्रा गर्न टाढा देखि धाएर आइरहेका छन्। हेर्नुहोस् उनीहरुसँग गरिएको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू