बलात्कार पिडित ७ वर्षिया बालिकाले न्याय पाउनुपर्छ भन्दै यी आमा मिडियामा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ७ बर्षिय बालिका बलात्कार गरेको आरोपमा काठमाडौँका महत राज खरेललाई प्रहरीले पक्राउ गरिएको छ। रामेछापकी पार्वतीले (नाम परिवर्तन) आफु काममा व्यस्त भएको समयमा आफ्नी ७ बर्षिय छोरीलाई फकाएर मालिकले बलात्कार गरेको आरोप लगाएकी हुन्। बैदेशिक रोजगारमा रहेका श्रीमानको कमाईले नपुग्ने भएपछि उनी काठमाडौँका केहि घरहरुमा घरेलु काम गर्थे। सोहि क्रममा छोरीलाई कहिले कहिँ आफुसंगै लाने गरेको उनले बताएकी थिइन् ।

आफ्नी नाबालिका छोरीले पिसाब फेर्ने ठाउँ दुख्यो भन्न थालेपछि उनी डाक्टर कहाँ जादा छोरी बलात्कृत भएको आफुले थाहा पाएको उनले बताइन। घटना घटेको ३ महिनापछि उनले मिडिया मार्फत यस घटनालाई बाहिर ल्याएकी हुन्। बैदेशिक रोजगारमा रहेका बालिकाका पिता बिष्णु माझी अहिले नेपाल आइसकेका छन्। घटना घटेको ३ महिनापछि आफ्नो श्रीमतीलाई डर, धम्कि दिएको र छोरीको हालत पनि एकदम नाजुक रहेको भन्दै छिमेकीले फोन गरेपछि उनी नेपाल आएको उनले बताए।

आफुहरुले कामबाट निकालेपछि अहिले छिमेकी र मिडियाको बहकाउमा ५० लाख मागेको र नदिएपछि यस्तो झुटो आरोप लगाएको खरेल परिवारले दाबी गरेका छन्। यद्दपी नजिकै बस्ने एक आमाले भने पिडित बालिकाको पक्षमा बोलेकी छिन्। उनले पिडितमाथि लगाइएको आरोप झुठो रहेको बताएकी छिन्। उनले भनिन्, ”यदी पिडितकी आमाले पैसा मागेको र फसाउन खोजेको भए अभियुक्त खरेल किन भागे ? मलाई कसैसंग रिस राग छैन। तर यी विपन्न परिवारकी बहिनी निकै अन्यायमा परेकी छिन्। उनलाई न्याय मिल्नुपर्छ।”

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू