बलिउडका यी कलाकार जसले गरेका छन् आफ्नो मुस्कानको पनि बिमा

रिता घिसिंग

एजेन्सी : बलिउडका प्रसिद्ध केही कलाकारले शरीरका विभिन्न अंगको बिमा गराएका छन् । उनीहरुले घाँटी, आवाज, मुस्कान, नितम्ब आदि बिमा गराएका छन् । 

 

 

अभिताभ बच्चनः बलिउडका ‘बिग बी’ अमिताभले बच्चनको आवाज वजनदार मानिन्छ । उनले आफ्नो आवाजको बिमा गराएका छन् । 

 

प्रियंका चोपडाः ‘देसी गर्ल’ प्रियंका चोपडाले आफ्नो मुस्कानको बिमा गराएकी छिन् । उनले जस्तो मुस्कान चाहनेले भारी रकम तिरेर सर्जरी गरेर त्यस्तो मुस्कान पाउन सक्छन् । 

 

नेहा धुपियाः ‘पूर्व मिस इन्डिया’ तथा अभिनेत्री नेहा धुपियाले आफ्नो नितम्बको बिमा गराएकी छिन् । बिमा रकमबारे भने केही खुलाइएको छैन ।

 

मल्लिका शेरावतः अभिनेत्री मल्लिका शेरावतले आफ्नो सम्पूर्ण शरीरको बिमा गराएकी छिन् । उनले ५० करोड भारुको बिमा गराएकी छिन् । 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू