बलिउड अभिनेता अमिताभ बच्चन र शाहरुख खानको ‘टिकटक’ भिडियो भाइरल हुँदै (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : पछिल्लो समय युवायुवतीमा टिकटक क्रेज अत्याधिक छ । यही समयमा बलिउड अभिनेता अमिताभ बच्चन र शाहरुख खानको एउटा यस्तै भिडियो भाइरल भइरहेको छ । शाहरुख खानको निर्माण र अमिताभ बच्चनको मुख्य भूमिका रहेको फिल्म ‘बदला’ शुक्रबार मात्र रिलिज भएकोले पनि यो भिडियो निकै भाइरल भैरहेको छ। 

भिडियोमा शाहरुख खानले अमिताभ बच्चनसँग गीत गाउने इच्छा देखाउँछन् । शाहरुखले अमिताभकै फिल्मको गीत गाउने बताएपछि अमिताभ पनि तयार हुन्छन् । दुवैले गाउन थाल्छन् तर बीचमै अमिताभले शाहरुखलाई उनको सुर नमिलेको भन्दै ठिकसँग गाउन भन्छन् । शाहरुखले दोस्रो पटक प्रयास गर्छन् । एक लाइन गाएपछि नै अमिताभले भन्छन् ‘यो भन्दा अगाडि नगाउनु किनकि अगाडि हाइ नोड छ लय समाउन सक्दैनौ ।’ 

 

हेर्नुहोस भिडियो : 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू