बलिउड अभिनेता गोविन्दा नेपालमा

admin

खगेन्द्र हमाल/ काठमाडौं : बलिउड अभिनेता गोविन्दा अहुजा श्रमतीसहित मंगलबार काठमाडौं आइपुगेका छन् । उनीहरू कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् ।

गोविन्दाको साथमा केही समयदेखि बलिउड बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आइपुगेकी छन् । नेपाल आएपछि गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालमा पत्रकासँग छोटो कुराकानी गरेका थिए ।


गोविन्दाले नेपाली मुलकी युवतीसँग विवाह गरेका हुन् । गोविन्दा गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा यस अघि पनि थुप्रै पटक नेपाल आइसकेका छन् । वीरगन्जमा हुने स्वर्णिम महोत्सव कात्तिक २३ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया