बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वकै शक्तिशाली महिलाको सूचीमा

रिता घिसिंग

एजेन्सी : केही दिनअघि अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए । अब प्रियंकाको सफलतालाई हेर्दा यो जोडी एकअर्काका लागि भाग्यमानी सावित भएको छ । प्रियंकाले विश्वभरमा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट ५० मा आफ्नो नाम जमाउन सफल भएकी छन् ।

प्रियंका ‘युएस टूडे’को मनोरञ्जन क्षेत्रको ‘शक्तिशाली ५० महिला’को सूचीमा समावेश भएसँगै उनको चर्चा थप चुलिएको छ । प्रियंकासँगै चर्चित अभिनेत्री ओपरा बिन्फ्रे र मेरिल स्ट्रीप पनि सो सूचिमा छन् ।

 

त्यस्तै, गायिका बियोन्से, टेलिभिजन स्टार इलन डिजेनेर्स, ओस्कार विजेता जेनिफर लवरेन्स पनि सो सूचीमा छन् । प्रियंकाले सूचीमा समावेश हुन पाउँदा सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छन् । भनिन्, ‘अद्भुत महिलाहरुसँग यो सूचीमा अट्न पाउँदा आफूलाई सौभाग्यशाली महसुस गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू