बसको ठक्करबाट एकको मृत्यु

admin

काठमाडौँ, ९ वैशाख : तारकेश्वर नगरपालिका–८ नेपालटार डाँडागाउँस्थित बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएकी ५८ वर्षीय देवकी परियार रहेको छ ।

बा३ख ५६२९ नंको बसको ठक्करबाट गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा आइतबार राति त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिएर फरार भएको बस र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया