बसन्त थापा र देवी घर्ति मगरको “पिली पिली जुनकिरी” सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, ३१ वैशाख : गायक बसन्त थापा, राजन गुरुङ, चर्चित गायिका देवी घर्ति मगर र सुनिता गुरुङको संयुक्त आवाजमा सजिएको बिल्कुलै नयाँ लोक दोहोरी गीत “पिली पिली जुनकिरी ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज पन्तको शब्द रचना र गायक बसन्त थापाकै संगीत रहेको यस गीतलाई आशिष अविरलले एरेञ्ज गरेका छन ।

ओबिजी इन्टरटेण्मेण्टले बजार ब्यबस्थापन गरेको यस गीतको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, दिपेन्द्र तिमिल्शिनाको कोरियोग्राफी तथा निर्देशन र मनोज कार्कीको सम्पादन रहेको छ भने मोडल ओबी रायमाझी र जुन सुन्दासको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया