बसन्त र कुलेन्द्रको सहकार्यमा परदेशीको पिडा समेटिएको अर्को प्रस्तुति सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौं, ६ माघ : नेपाली लोकगीत संगीतमा बसन्त थापा नौलो नाम होईन नत कुलेन्द्र विश्वकर्मा नै । मौलिक शब्द तथा लयमा थापाको छुट्टै पहिचान रहेको छ भने जादुमय स्वरका धनी विश्वकर्माको अर्कै पहिचान । यी दुई श्रष्टाहरु र शब्द संकलक पेम्बा कुमार गोलेको सहकार्यमा अर्को धमाकेदार प्रस्तुति सार्वजनिक भएको छ । श्रष्टा त्रयको सहकार्यमा हालै सार्वजनिक भएको लोक दोहोरी गीतको बोल “भेट्न आउँछु म” रहेको छ ।

पद्यमे डिजिटलले सार्वजनिक गरेको गीतको शब्द पेम्बा कुमार गोलेले लेखेका हुन् भने बसन्त थापाको लयमा कुलेन्द्र विश्वकर्मा र पुर्णकला बि.सी.ले स्वर दिएका छन्। उक्त गीतको भिडियोमा सञ्जय कुमार विष्ट र एलिनाले घलेले अभिनय गरेका छन् । नरेश ऐयरले छायाँकन गरेको भिडियोका निर्देशन र सम्पादन तुलसी बाँस्कोटाको रहेको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया