बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

राष्ट्रिय समाचार समिति

रोल्पा, १३ असोज: सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस आज दुर्घटना भएको हो । सुनीलस्मृति गाउँपालिका–३ रुइनिवाङमा रहेको जीप पार्कबाट दुई सय मिटर तल लुंग्री खोलामा खसेको स्थानीयवासी अमृतबहादुर घर्तीले जानकारी दिनुभयो ।

फाइल फोटो

दुर्घटनामा चालक लुंग्री गाउँपालिका–३ सीमगिठेका यामबहादुर घर्ती मगर र वडा नं २ सिर्पका सूर्यलाल घर्तीकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया