बहुउपयोगी कागतीको प्रयोग केमा कसरी गर्ने ?

मनिषा थापा

एजेन्सी : स्वस्थ रहन हरेक कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ । खानपान , सरसफाई आदिमा खेल राखेमा स्वस्थ रहन सहयोग पुग्छ । संसारमा यती धेरै खानेकुराहरु छन् । जसलाई मिलाएर खाने गरेमा स्वाथ्यको लागि अचुक राम्रो असर हुने गर्छ । खानेकुराहरुको कतिपय भाग या बोक्रा हामी तासेर फाल्ने गर्छौ तर त्यसको प्रयोग गर्न जानेमा धेरै फाइदा पुग्छ । जुन हामीलाई थाहा नहुन पनि सक्छ ।

ती अथाह खानेकुरा मध्य पनि फलफुल यस्तो खानेकुरा हो जुन बिरामीको समय खाने गरेको हुन्छ । किन कि यसमा बिरामीको समय रोगसंग लड्न क्षमता हुन्छ । हरेक फलफुलको आ– आफ्नै फाइदाहरु हुन्छ । जुन सबैलाई थाहा नहुन पनि सक्छ । त्यस्तै कागतीको पनि धरै फाइदाहरुलुकेको केही फाइदा कसैलाई थाहा नहुन पनि सक्छ । लुकेका फाइदा मध्य एक फाइदा हो कागतीको बोक्रा । जुन भाग हामी फाल्ने गर्छौँ । उक्त बोक्राले भाँडा माझ्न देखि मुटुलाई स्वस्थ राख्ने र छाला सुन्दर बनाउने सम्म कागतीको बोक्राले भाँडा धुँदा चम्कन्छ ।

कागतीको रसले स्वास्थ्यमा गर्ने फाइदा त प्रयाजसो सबैलाई थाहा हुन्छ । तर धेरैलाई थाहा नहुन सक्छ कागतीको बोक्रा पनि गुणको खानी रहेको छ । कागतीको बोक्राले हड्डीलाई बलियो बनाउँछ यसमा उच्च मात्रामा क्याल्सियम र भिटामिन ‘सि’ हुन्छ, ।

यसले हड्डीलाई स्वस्थ राख्नमा मद्दत गर्दछ । यसका साथै हड्डीजस्तो जोडिएको रोग जस्तै ओस्टियोपोरोसिस, रहेयुमेटयड अर्थराइटिस र इन्फ्लेमेटरी पोलीअर्थराइटिसबाट पनि बचाउन सहयोग गर्दछ । अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्नका लागि कागतीको बोक्राले निकै सहयोग गर्ने गर्दछ । यसमा उच्च मात्रामा फ्लेवानायड हुने भएका कारण अक्सिडेटिभ स्ट्रेसबाट शरिरलाई टाढा राख्ने गर्दछ ।

हाम्रो शरिरमा थुप्रै विषालु पदार्थ अर्थात टक्सिन हुने गर्दछ । यस्तो पदार्थले हाम्रो शरिरलाई भित्रैदेखि कमजोर बनाउनुका साथै हाम्रो शरिरभित्र अल्कोहल र अन्य थुप्रै हानिकारक खाद्य पदार्थलाई नष्ट गर्ने गर्दछ कागतीको बोक्रा आफ्नो अमिलो स्वाद र स्वभावका कारण यस्तो विषालु पदार्थलाई टाढा राख्न मद्दत गर्दछ । कागतीको बोक्राले क्यान्सरबाट बचाउन र यसको उपचारमा निकै मद्दत गर्दछ । यसमा पाइने तत्वले क्यान्सरको कोशिकासँग लड्न सहयोग पुर्याउँछ ।

प्रतिक्रिया