बहुप्रतिष्ठित फिल्म ‘साहो’ रिलिज भएको केहि घण्टामै इन्टरनेटमा लिक

मनिषा थापा

एजेन्सी : व्यापकरुपमा चर्चामा रहेको प्रभास स्टारर ‘साहो’ फिल्म रिलिज भएको केहि घण्टामा नै इन्टरनेटमा लिक भएको छ। ३५० करोड भारूको महँगो बजेटमा बनेको उक्त फिल्मलाई टोरेन्ट साइट तमिल रकर्सले लिक गरेको हो। उक्त साइटले यसअघि पनि थुप्रै सिनेमालाई रिलिजकै दिनमा लिक गर्दै आएको थियो।

यसअघि यस साइटले ‘जजमेन्टल है क्या’, ‘पेटा’, ‘गली व्वाय’, ‘ठग्स अफ हिन्दोस्तान’ आदि सिनेमालाई लिक गरेको थियो।

भारत सरकारले साइटलाई प्रतिबन्धित गरे पनि उसले नियमित सिनेमा लिक गर्दै आएको छ। साइट प्रतिबन्धित भएपनि प्रोक्सी लिकंबाट प्रयोगकर्ताहरूले सजिलै सिनेमा डाउनलोड गर्ने गरेका छन्।यसरी लिक हुँदा सिनेमालाई करोडौंको घाटा हुने गरेको छ।

प्रभासको मूख्य भूमिका रहेको यस सिनेमामा श्रद्धा कपुर, चंकी पाण्डे, ज्याकी श्राफ, नील नितिन मुकेश, मन्दिरा बेदी तथा महेश मांझरेकरको अभिनय रहेको छन भने सिनेमालाई सुजिथले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू