बाँदरमाथि यौनशोषण गर्ने युवतीलाई ३ वर्ष जेल सजाय

रिता घिसिंग

एजेन्सी : इजिप्टमा बाँदरमाथि यौनशोषण गरेको आरोपमा एक युवतीलाई अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ । ती युवतीले बाँदरको यौन शोषण गर्ने प्रयास गरेको अभियोगमा यही शुक्रबार अदालतले सजाय सुनाएको हो । यो घटनालाई ती युवतीका एक साथीले भिडियो रेकर्ड गरेर इन्टरनेटमा राखिदिएका थिए । यो फैसला मंसुराको अदालतले गरेको हो । बसमा अहमद नाम गरेकी ती २५ वर्षकी युवतीमाथि सार्वजनिक ठाउँमा गलत क्रियाकलाप गरेको आरोप लागेको थियो । 

यो घटनाको ९० सेकेण्डको भिडियो बाहिरिएको थियो । भिडियोा युवती बाँदरसँग अश्लील हर्कत गरिरहेकी देखिएकी छिन् । सुरुमा ४ दिनको लागि हिरासतमा राखिएकी ती महिलाको हिरासतको अवधि थप गर्दै गएर अन्ततः फैसला सुनाइएको हो । भिडियोमा ती युवती एक पालतु जनावरको पसलमा बसेकी छिन् र बाँदरको गुप्तांग चलाइरहेकी छिन् । उनले सार्वजनिक रुपमा केही अश्लील कमेन्ट पनि गरेकी थिइन् । 

प्रतिक्रिया