बाघसंगै सुत्छन यी ३३ बर्षिय युवा, घरमा कहिले बाँध्दैनन् जंजिरले

रिता घिसिंग

पिएनपिखबर : कुकुर, बिरालो घरमा पाल्नु त सामान्य कुरा हो। तर पाकिस्तानका मुल्तानमा बस्ने ३३ बर्षिय जुल्कैफले बाघलाई पाल्तु जनावर बनाएर घरमा राखेका छन्। उनि हरेक दिन बिहान बाघलाई संगै लिएर मार्निंग वाक जानुका साथै संगै सुत्छन पनि । अहिलेसम्म बाघले जुल्कैफका परिवारलाई केहि नोक्सान पुर्याएको छैन। जुल्कैफका २ बर्षिय छोरा पनि बाघसंग आनन्दले खेल्छन। बाघको नाम ‘बब्बर’ हो। अचम्मको कुरा त यो छ कि बाघलाई घर भित्र जंजिरले बाँध्दैनन्।

जुल्फैकले अनुमति लिएर नै बाघलाई घरमा ल्याएका हुन्। उनले बब्बरलाई नेपाली ४ लाख ८० हजारमा खरिद गरेका हुन्। भने बब्बर पाल्नको लागि एक महिनामा ३ लाख जति खर्च हुन्छ। घरमा ल्याउने बेला बब्बर जम्मा २ महिनाको थियो। उनीहरुले बब्बरलाई ६ महिनादेखि परिवारको सदस्य झैँ गरि पाली रहेका छन्। बब्बरलाई कुकुर जस्तै पाल्तु बनाउने उनले दाबी गरेका छन्।

घरमा बाघ ल्याएका कारण उनि टाढा टाढासम्म चर्चित भएका छन्। वरिपरि बस्नेहरु सेल्फी लिनको लागि घरमा आउने गर्छन्। बब्बरलाई राख्नको उनले अलगै कोठामा पनि बनाएका छन्। जुल्फैक आफै बब्बरको हेरचाह गर्ने गर्छन। उनलाई सल्लाह सुझाबको जरुरत छैन। अहिले उनि बाघलाई ट्रेनिङ दिईरहेका छन्। ता कि पाल्तु जनावर जसरी बस्न सिकोस।

प्रतिक्रिया