बाघ र नाग सँगसँगै सुतेकी न त पुरुष न त महिला भवानी माता अहिले यस्तो अवस्थामा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। भवानी माता नाम कि चिरपरिचित माताको भर्खरै श्री स्वस्थानी व्रत पुजा समापन भएको छ। उनले माघ एक महिना भरी मौन रही यो व्रत सम्पन्न गरेकी हुन्। एकमहिना सम्म उनी अदृश्य शक्तिमा ध्यान गरेको उनी बताउछिन्।

बाघ नारायण रुपी भैरव हुन्। एक महिना सम्म चोखोनिधो भएर उनी उनै भैरवको साथ व्रत बसेको बताउछिन्। व्रत बसेको बेला दुर्गाको रुपमा बाघमा चढेर पृथिवी भ्रमण गर्ने गरेको उनको भनाई छ। उनको भक्तजनले समेत यो सब देखेको उनी दावी गर्छिन्।

श्री स्वस्थानीको व्रत बसे पनि उनले स्वस्थानीको कथा भने वाचन गरेकी थिइनन्। स्वस्थानी कथा वाचन नगरेकोले स्वस्थानीको कितावमा आगो ज्वाला निस्केर किताव जल्न लग्यो। त्यस दिन देखि उनले कथा भन्न पनि आरम्भ गरेको उनले बताइन्।

फाल्गुन ७ गते पुर्णिमाको दिन व्रत समापन गर्दै उनले आफ्नो मौन व्रत पनि समापन गरेकी छिन्। भक्तजनसँग एक महिना सम्म नबोल्दा उनको भक्तजनले उनलाई केवल दर्शन मात्र गर्न पाएका छन्।

अब भने उनको व्रत समापन भइसकेको छ। आम भक्तजनले उनीसँग बोल्न भेट्न पाउनेछन्। उनको घरमा भक्तजनको भिडभाड लाग्न थालिसकेको छ। आफ्नो रोग निको पार्ने देखि मन शान्त पार्न आउने भक्तजनको उनको घरमा भिड छ।

अर्ध नारिश्वर शक्ति उनमा भएकोले उनी न नारी न पुरुष हुन् भनेर उनी आफै भन्ने गर्छिन्। भक्तजन पनि उनको शक्तिमा आस्था राखेर सत्यताको मार्गमा हिड्दै उनको शरणमा आउने गरेको भक्तजनको भनाई छ।

बाँकी हेर्नुहोस् भिडियोमा :

यो पनि हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू