बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

शर्मिला गुरुङ

जाकार्ता, ४ चैत (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ ।

यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ता जानकारी दिनु भएको छ ।


स्थानीय समयानुसार साँझ शनिबार छ बजे आएको यस बाढी परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका छन् । बाढीबाट प्रभावित भएकाहरुमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ ।

बाढीले दर्जनौ घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ। घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया