बालयौन दुराचारको आरोपमा अष्ट्रेलियन नागरिक पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ७ साउन : बालयौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज अष्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ । विभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरुलाई प्रलोभनमा पारेर बालयौन दुराचार गर्दै छ भन्ने सूचनाका आधारमा कास्की प्रहरीको सहयोगमा खटिएको सिआइवीको टोलीले पोखराको डिहीबाट उनलाई पक्राउ गरिएको प्रवक्ता दीपक रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ६३ वर्षीय अष्ट्रेलियन नागरिक बेरिम्यान थोमस अल्फ्रेड रहेका छन् । उनले कोठा भाडामा लिएर बालयौन दुराचार गरेको अनुसन्धानमा खुलेको र सोही कोठाबाट आज पनि दुई बालकको उद्धार गरिएको सिआइवीले जनाएको छ ।

उनलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन (जबरजस्ती करणी) कसुरअन्तर्गतको मुद्दामा आजै कास्की जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ । रासस

प्रतिक्रिया