बालयौन दुराचारको आरोपमा तीन जना पक्राउ

admin

काठमाडौँ, ६ माघ : बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । 

 

विदेशी नागरिकले नेपाली बालकलाई प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा जाँच गर्दा अपार्टमेन्ट लिएर बस्दै आएका बेलायती नागरिक आयन रोवर्ट कोले र उनका दुई नेपाली सहयोगीलाई पक्राउ गरिएको जनाइएको छ । 

 

पक्राउ परेकाविरुद्ध बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । आज अदालतबाट पाँचदिने म्याद थप गरेर उनीहरुको विषयमा अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ । 

-रासस

प्रतिक्रिया