ध्रुव बिक र सम्झना श्रीबीच अन्तर्वार्तामै चल्यो ‘गलबन्दी च्यातियो’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : बाजुराका बाल गायक ध्रुव विक पछि फेरी बाजुराकै एक अर्को प्रतिभाको जन्म भएको छ। जसको नाम हो सम्झना श्री। पछिल्लो समय उनी पनि गायन प्रतिभाको कारण सामाजिक संजालमा छाहेकी छिन्। उनी पनि निकै सुरिलो भाकामा निकै राम्रो गीत गाउछिन्।

सम्झना श्री र ध्रुब विकको जील्ला मात्र नभएर गाउँ पनि एउटै रहेको छ। बाजुरामा एउतै स्कुल पढेका उनीहरु बीच एक वर्ष पछि राजधानीमा भेट भएको छ। ध्रुव भन्छन, ‘साथीलाई भेट्न पाउँदा निकै खुशी लाग्यो। आफ्नो गाउँ, घरको मान्छे यसरी भेटिदा निकै खुशी लाग्छ।’

उनीहरुले कुराकानीको क्रममा गलबन्दी गीत पनि सँगै गाएर सुनाए। सम्झना श्रीले हाल बाजुराबाट एसईई पास गरेपछि उच्च शिक्षा हासिल गर्नको लागि राजधानीमा दाईसँ बस्दै आएकी छिन्। पढाईसंगै गायनलाई पनि निरन्तरता दिने उनले बताईन।

हेर्नुहोस बाजुराका ध्रुव र समझाना श्रीसँग गरिएको रमाईलो कुराकानी…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू