गरिबको लागि यस्तोसम्म, सलाम छ यी इन्जीनियरलाई, सम्पूर्ण नेपालीहरुले एकचोटि हेर्नै पर्ने भिडियो [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। बालुवाटारस्थित नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसन (एनएचइडिएफ)द्वारा सञ्चालित सोसियल मेडिकल सेन्टरको आश्रयमा थुप्रै घाइतेले आश्रय पाएका छन्। २०७२ सालको विनाशकारी भुकम्प कै बेला सम्राट सिंह बस्नेतले थुप्रैलाई घरबिहिन भएको देखे। उनको मन सम्हलिएन। त्यसैले उनले ५ जना सदस्यबाट एउटा संस्था खोल्ने निधो गरे।

बस्न खान अभाब भएकालाई निशुल्क बस्न खानको व्यवस्था सहित उनले यो संस्थाको शुरुवात गरे। आजको दिन सम्म उनले आफ्नो संस्थाको होर्डिंग बोर्ड भने लगाएका छैनन्। दुखि अभाव भएकाले त्यस पैसाले केहि राहत पाउछन् किन फुजुल खर्च गर्नु भन्ने उन्कोसोच हो। कति महान सोच छ उनको। निस्वार्थ भावानाले दिन रात नभनी अन्जान पिडितलाई सहयोग गरिरहका छन्।

भूकम्पमा परी घाइते भएका देखि लिएर, यो आश्रयस्थलमा सडक दुर्घटना, वैदेशिक रोजगारीका सिलसिलामा घाइते भएका, आगोमा जलेका र विभिन्न रोगका कारण अपांग भएका १३ जना गम्भीर घाइतेले आश्रय लिइरहेका छन्। साथै घाइतेलाई २४ घण्टा नै स्वास्थ्यकर्मीको निगरानीमा समेत राखिएको छ। ४५ जना बिरामीबाट शुरु भएको संस्थामा अहिले ६ जना नर्स, १३ जना बिरामी र बिरामीको कुरुवाले आश्रय लिएर बसेका छन्।

विशेष गरी टाढा घर भएका तर काठमाडौँ उपाचार गर्न आइराख्नु पर्ने बिरामीहरुलाई आशाको केन्द्र बनेको छ यो संस्था। काठमाडौँ जस्तो महँगो सहरमा हान लगाउन बस्न समेत लाग्ने खर्च जोगिने भएकोले यस संस्थामा बसेका बिरामीहरुले धेरै राहत महसुस गरेको बताएका छन्।

बाकि रह्यो आर्थिक पाटोको कुरा। बिरामी राख्ने ,स्याहार सुशार गर्ने मात्र भनेर नि भएन। यो सब कार्यको लागि लागत पनि त चाहियो। अहिले सम्म थोर बहुत आफ्नै कमाइको तलब , केहि स्वदेशी सहयोग जुटेकोले उनलाई संस्था चलाउन भने एकम हम्मे हम्मे चाही परेको छैन। जसो तसो उनले अहिले सम्म व्यवस्थापन गर्दै आएका छन्।

माइक ७ देखि ८ लाख सम्म संस्थामा कह्र्च हुने उनको भनाई छ। कहिले कहिँ पैसाको अभाव हुँदा उनले घरको गरगहना समेत बचेर पुर्याउने गरेका छन्। एक थुकी सुकी सय थुकी नदि। तपाई हामी सबैले धेरथोर सहयोग गर्यौ भने पनि अझ धेरै पिडितले राहत पाउने थियो। त्यसैले आफुले सकेको जति आर्थिक रुपमा साथैप्रचार गरेर भए पनि सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गरिन्छ।

सहयोगको लागि सम्पर्क नम्बर :

सम्राट सिंह बस्नेत : ९८५१०१५७४६

प्रतिक्रिया

सम्बन्धित समाचारहरू