बाल्टिनमै बस्छिन्, त्यसैमा खान्छिन् र खेल्छिन् यी १९ वर्षीय युवती (फोटोफिचर)

रिता घिसिंग

एजेन्सी : नाइजेरियाको कानो प्रान्तमा बस्ने यस युवतीको हालत देख्नु भएमा तपाई चकित पर्नु हुनेछ। १९ वर्षीय रहमा हरुना एक सानो प्लास्टिकको डिब्बा(बाल्टिन) मा बस्छिन्। त्यसैमा बसेर खान्छिन्, खेल्छिन्, त्यसैमा घुम्छिन्। उनको दैनिकी केवल त्यस बाल्टिनमै सिमित छ।

उनले उक्त बाल्टिनमै बसेर आफ्ना सम्पूर्ण दैनिक कामहरु गर्छिन्।

उनका परिवारका अनुसार रहमा एक स्वस्थ सामान्य बच्चा जस्तै जन्मिएकी थिईन्। तर जब उनी ६ महिनामा लागिन् तब अचानक उनको शरीरको वृद्धि विकास रोकियो। र अहिले उनी १९ वर्षकी भएकी छिन् र तर उनको शरीर हेर्दा भर्खरको ६ महिनाको बच्चाको जस्तो देखिन्छ।

उनका परिवार उनको यस हालतमा पनि हरदम साथमा रहेका छन् । परिवारका सदस्य उनका सबै कामहरु गरिदिन्छन्।

यस्तो अवस्थामा पनि उनले कहिल्यै पनि हार नखाई एक साहसी युवती जस्तो जीवन बिताईरहेकी उनकी आमा फादी बताउँछिन्। उनी यस बाल्टिनमा भए पनि सधैं खुशी छिन्। उनको एक किराना पसल खोल्ने सपना छ। र किराना पसलबाट भएको आम्दानीले परिवारलाई सधैं खुशी राख्ने उनको भावी योजना छ।

उनका परिवारले उनको उपचारको लागि प्रयास नगरेका होइनन्। उनीहरुले थुप्रै अस्पताल धाए तर विफल भए।उनको शरीरमा कुनै लिम्ब छैन। यसकारण उनको अनुहार सामान्य मानिसहरु जस्तै छ र शरीर अत्यन्तै छोटो छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू