विगतका दुख सम्झेर यसरी भावुक बनिन् भुँइकटहरेकी दिदी, अशोक दर्जीका बाबुआमासँग यस्तो चित्त दुखाईन [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर : एकाएक भाईरल भएका बालगायक अशोक दर्जीको गति रेकर्डिङ र घर निर्माण कार्यपछि उनका आत्मिय मित्र टिकाराम धिमाल उर्फ भुइँकटहरको पनि केहि समय अघि घर बनको छ। अत्यन्तै विपन्न परिवारका टिकाराम धिमालको घर पनि अशोक दर्जी घर निर्माण अभियन्ता पूर्ण वाइबाकै नेतृत्वमा निर्माण गरिएको हो।

सामाजिक संजाल युट्युवमा उनको पारिवारिक दर्दनाक भिडियो बाहिरीएपछि स्वदेश तथा विदेशमा रहेका सयौ नेपालीहरुले सहयोग गर्दै घर निर्माणका लागि रकम पठाएका थिए । सामाजिक अगुवा पूर्ण वाइबाको संयोजकत्वमा गठित घर निर्माण तथा समितिले घर निर्माण कार्य शुरु गरेको थियो ।

भुईकरको बुबा मजदुरीको काम गर्छन। भुईकटहरेको ३ दिदिबहिनि छन्। उनको कान्छी बहिनी बबिता, जेठी दिदी पवित्रा धिमाल र माहिली कविता हुन् । पवित्रा कक्षा १० र कविता ८ मा मामाघरमा बसेर पढ्दै आएका थिए । बबिता भने स्कुल गएकी छैनन् । एउटा सानो कोठामा कठिन तरिकाले बसोबास गर्दै आएको यो परिवारको खाना पकाउने स्थानसमेत थिएन। 

गाउँमा जनमन गर्दै जिविकोपार्जन गर्दै आएका धिमाल परिवार घर पाएपछि हर्षित बनेका छन् । अहले भने उनीहरुलाई विद्यालयका प्रिन्सिपल दिपक न्यौपानेले निशुल्क पढ्ने ब्यवस्था मिलाएका छन् । भुईकटहर नर्सरीमा पढ्छन। भुईकटहरको दिदि बहिनी पनि घरमै बस्ने गर्छन। उनकी जेठी दिदि पवित्रा पढ्नमा देखि अतिरिक्त क्रियाकलापमा पनि निकै सक्रिय छिन्।

विगत १ वर्ष देखि तेक्वान्दो सिकिरहेकी पवित्राले थुप्रै पुरस्कार जितेकी छिन्। उनले तेक्वान्दो प्रतियोगितामा अन्तरराष्ट्रिय गोल्ड मेडल पनि पाएकी छिन्। उनी बक्सिङ्गमा पनि निकै अब्बल छिन्। उनी भन्छिन, ‘मलाई पनि सहयोग प्राप्त भएमा म अझै अगाडी बढ्ने थिए।’

‘विगतमा निकै दुख थियो। घर झुप्रो भएको कारण पानी पर्दा अर्काको घर जानु पर्थ्यी। घरमा खानको लागि साग्सव्जी,चामल हुदैन थियो। दिनभरी काम गरेको ज्याला पनि आमालाई थोरै दिन्थे। लुगा धुने साबुन पनि किन्न गाह्रो थियो अहिले भने दिन फेरिएको छ।’ उनले भनिन्।

उनले थपिन, ‘भाई भुईकटर निकै बदलिएको छ। बोली चाली रुप नै बेग्लै छ। बुबाआमालाई पनि अब स्कुलमा रोजगारी दिने र मलाई पनि यही स्कुलमा पछि तेक्वान्दो सिकाउन अबसर मिल्ने कुरा भएको छ। अशोकले गर्दा नै हाम्रो घर, जग्गा देखि जीवन सहज भएको हो।’ अशोकका बाबुआमा उनको घर उद्घाटनको दिन बोलाउँदा पनि नआएकोमा निकै दुख लागेको बताइन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू