बिगत १४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चा जन्माएपछि

रिता घिसिंग

एजेन्सी : अमेरिकाको एरिजोनास्थित हेसिंडा हेल्थ केयरमा करिब १४ वर्षदेखि कोमामा रहेकी एक महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छिन् । कोमामा पूर्णतया चेतनाशून्य महिलाले बच्चा जन्माएपछि उनीमाथि अस्पतालमै यौनशोषण भएको आशंकामा जाँच सुरु गरिएको छ । यही अस्पतालका स्टाफमाथि यसअघि पनि दुव्यवहारको आरोप लागिसकेको छ । 

बच्चा जन्माउने महिला विगत १४ वर्षदेखि अस्पतालमा छिन् । पानीमा डुबेपछि उनको मस्तिस्क क्षतिग्रस्त भएको थियो र उनी कोमामा पुगेकी थिइन् । उनलाई २४ घण्टा हेरचाह गर्नुपर्छ । अस्पतालका स्वास्थ्यकर्मी दिनमै कैयौं पटक महिलाको जाँच गर्छन् । अब स्टाफमाथि यौनशोषणको आरोप लागेपछि अस्पतालले नियम फेरेको छ । नयाँ नियमअनुसार अब पुरुष स्टाफसँगै महिला स्टाफ पनि त्यहाँ रहनेछिन् । स्टाफको संख्या बढाउनुका साथै बिरामीको सुरक्षामा पनि ध्यान दिइनेछ । 

केन्द्रका प्रवक्ताका अनुसार यो घटनाको जाँचमा स्टाफले हरसम्भव सहयोग गरिरहेका छन् । हेल्थ सेन्टरका स्टाफमाथि यसअघि पनि अभद्रताको आरोप लागिसकेको थियो जसका कारण २०१३ को डिसेम्बरदेखि यो अस्पताललाई दिइने अनुदानमा रोक लगाइएको थियो । 

प्रतिक्रिया