बिग बोसमा सलमानका स्वयंवर, सिरियलका दुवै नागिन भए फिदा (भिडियो)

मनिषा थापा

एजेन्सी  :  वास्तविक जीवनमा सलमान खानको स्वयंवर होस् या नहोस तर बिग बोसको सेटमा भने उनको स्वयंवर भएको छ।

आईतबार भएको वीकेंडका वारमा  बिगबोसको सेटमा सलमानसँग स्वयंवर गर्न भन्दै चर्चित शो नागिन ३ का दुई सुन्दरीहरु सुरभी ज्योति र अनिता हसनन्दानी हातमा वरमाला लिएर सलमानको शोमा पुगेका हुन् ।

सलमानसँग स्वयंवर गर्न पुगेका दुवै नागिनले आ–आफ्नो तारिफ गरेका छन् । सलमानले यी दुई नागिनसँग उनीहरुको उमेर सोध्छन् । एउटीले १ हजार वर्ष र अर्कीले ७ सय ८० वर्ष बताउँछिन् ।

सलमानले दुई–दुई नागिन आफ्नो गर्लफ्रेण्ड बन्न चाहेको भन्दै आफू निकै भाग्यमानी भएको बताउँछन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू