बिहेपछि पहिलोपटक स्टेजमा ठुम्का लगाउदै प्रियंका (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि प्रियंका चोपडा पहिलो पटक स्टेजमा ठुम्का लगाइरहेकी देखिइन् । शुक्रबार राती भएको आदित्य बिरला अवार्डस कार्यक्रममा प्रियंकाले आफ्ना ५ भन्दा बढी हिट गीतमा डान्स गरिन् । उनले एकपछि अर्को गर्दै आफ्ना हिट गीतमा प्रस्तुती दिइन् । प्रियंकाले गोलियों की राललिलाः रामलिलाको गीत ‘राम चाहे…’ दोस्तानाको ‘देसी गर्ल’, गुण्डेको ‘तुने मारी एन्ट्रियाँ’, बाजीराव मस्तानीको ‘पिंगा’ लगायतका गीतमा प्रस्तुती दिइन् । रामलिलाको गीतमा प्रियंकाले पोल डान्स पनि गरिन् । प्रियंकाको प्रस्तुती देखेर उत्साहित दर्शकको स्वरले स्टेज थर्किएको थियो ।

३६ वर्षकी प्रियंका चोपडाले १ र २ डिसेम्बरमा जोधपुरको उम्मेद भवन प्यालेसमा १० वर्ष कान्छा निक जोनससँग विवाह गरेकी थिइन् । उनीहरुको विवाह पहिले क्रिष्चियन त्यसपछि हिन्दू रिवाजअनुसार भएको थियो । त्यसपछि प्रियंकाले ४ डिसेम्बरमा दिल्लीमा रिसेप्सन पार्टी दिइन् जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी पुगेका थिए । २४ डिसेम्बरमा उनले मुम्बइमा रिसेप्सन पार्टी दिँदैछिन् जहाँ बलिउडका चर्चित हस्तीहरु पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू