बिहे नहुँदै दीपिका पादुकोण र उनकी हुनेवाली नन्द सोनम कपुरबीच ठुलो मनमुटाब !

मनिषा थापा

एजेन्सी  :  बलिउड अभिनेत्री दीपिका पादुकोण र रणविर सिंहबीच अगामी नोभेम्बर १५मा बिहे गर्दै छन् । दीपिकाले रणविरसँग बिहे गर्ने निश्चित भए पनि यसअघि पनि दीपिकाको नाम धेरै जनासँग जोडिएको थियो ।

उनी कुनै बेला अर्का रणविर अथवा रणविर कपुरलाई डेट गर्थिन् । त्यो बेला रणविर कपुरले सोनम कपुरलाई छोडेर दीपिकासँग डेट गरेका थिए । यो घटनापछि एकै सयम बलिउडमा प्रवेश गरेका यी अभिनेत्रीबीच मनमुटाव शुरु भयो ।

सोनम र दीपिकाका पहिलो फिल्म एकै दिन प्रदर्शन भएका थिए । सोनमले सावरियाबाट डेब्यू गरेकी थिइन् भने दीपिकाले ओम शान्ति ओमबाट । सावरियामा सँगै काम गरेका रणविर कपुर र सोनमबीच रोमान्स हुने गरेको बताइएको थियो ।

तर, रणविर दीपिकासँग जोडिएपछि यी दुई अभिनेत्रीबीच फाटो आयो ।

सोनम अब भने दीपिकाको नन्द बन्दैछिन् । सोनमकी आमा सुनिता कपुर र रणविर सिंहका बाबु ज जगजित सिंह भवानी दुई दाजुबहिनी हुन् ।

रणविर कुपरले कैटरिना पाएपछि दीपिकालाई पनि धोका दिएका थिए । आजभोली रणविरले आलिया भट्टसँग प्रेमसम्बन्धमा रहेको चर्चा छ । यति मात्र हैन आलियालाई रणवीर कपुरको परिवारले पनि बुहारी बनाउन चाहेको खबरले बलिउड तत्ताएको छ।

करिअरको शुरुआतदेखि एका अर्काविरुद्ध बयानवाजी गर्दै आएका सोनम कपुर र दीपिका अब एउटा नातामा हुने भएपछि यिनीहरुबीचको सम्बन्धले कस्तो रुप लिन्छ, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू