बुगि वुगि विजेता कबिता अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २३ पुस  : गायक सुनिल सिंह ठकुरिको नयाँ गीत “धेरै टाढा” सार्वजनिक भएको छ । घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको पीडा, विशेष गरि सम्बन्धमा आई पर्ने बाधा र पिंडा देखाउन खोजेको यस गीतमा शब्द भने गीतकार जीत चन्दको रहेको छ ।

गीतकार चन्द हाल अस्ट्रेलियामा बस्दै आएका छन, उनि पेसाले इन्जिनिएर हुन । बिदेसमा हुँदा विभिन्न कारणबस तुरुन्त्त घर आउन समस्या पर्ने भएकोले सम्बन्धमा पर्न आउने असर गीतमा महसुस गराउन खोजिएको छ । कमल खत्रीको संगीत रहेको यस गीतमा स्वर सुनिल सिंह ठकुरिको रहेको छ।

डान्सिङ फ्लेबरको गीत गाउन माहिर ठकुरीको यो गीत भने फरक खालको रहेको छ । यस अघि सुनिलको जानी नजानी ….”बोलको गीत पनि नेपाली सांगीतिकआकसमा निकै चर्चामा आएको थियो ।

उक्त गीतको भिडियोमा बुगि वुगि बिजेता कबिता नेपाली र निराजन प्रधानलाई फिचर गरिएको छ। नाच्न माहिर कबितालाई लभर गर्लको रुपमा फिचर गरिएको यस गीतले युटुबमा सार्वजनिक भएको १२ घन्टामा ५६,००० भियोर्स र सकारात्मक प्रतिक्रिया पाएको छ । सफल भिडियो निर्देशक अर्जुन अधिकारिले निर्देशन गरेको यस भिडियोलाई उत्सब दाहालले खिचेका हुन भने बिकास दाहालले सम्पादन गरेका छन।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया