बेमौसमको बाजा नबजाए हुन्छ, प्रणालीलाई नै ढाल्नेकुरा वर्तमान सरकारलाई मान्य छैन : प्रम ओली

मनिषा थापा

पिएनपिखबर : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण अभ्यास विकास कार्यमा भईरहेको बताएका छन्। विकास आयोजनामा देखिएका त्रुटीलाई छिटो छरितो समाधान गर्न सरकार लागि परेको उनले जनाए।

आइतबार प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘जनताले आलोचना गर्नुपर्ने सरकारले कुनै गलत काम गरेको छैन। सरकारको आलोचना र विरोधलाई स्वागत छ तर आलोचनाको नाम सरकारको प्रणालीलाई नै उल्ट्याउछौ भन्ने कुरा कदापी मान्य छैन।’

‘ठुलो संघर्ष र बलिदान पछि जनताको अभिमतमा आजको वर्तमान सरकार गठन भएको छ। तर अहिले बुझे र हो या नबुझेर हो सरकारविरुद्ध जनताको विश्वास भत्काउने प्रयास भईरहेको छ।, ‘उनले भने।

उनले संस्थानै परिवर्तन गर्नेलाई विना मौसम बाजा नबजाए हुन्छ भन्दै अभिव्यक्ति दिएका छन्।

आगमी निर्वाचनसम्म आफूनै प्रधानमन्त्री बनिरहने बताउँदै उनले आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने संकेत दिए । उनले समृद्ध राष्ट्र बनाउन अझै केहि कानुनीहरु निर्माण गर्न जरुरी रहेको बताए।

उनले अघि भने, ‘‘अहिले प्रधानमन्त्री ओली पद जाने भो भनेर लगलग लगलग काँपिरहेका छन् भन्ने सुन्छु, हो पद सबैको जान्छ, पद नगएको मैले संसारमा कोही देख्या छैन, राजा महाराजा र बादशाहहरुको पनि कुनै न कुनै दिन पद गएको छ’, प्रधानमन्त्री ओलीले भने ‘अर्काे निर्वाचनपछि मलाई पनि बस्न मन छैन, काँप्यो भन्नु दिवा सपना नदेखे हुन्थ्यो । अर्काे निर्वाचनसम्म धैर्य गर्न आग्रह छ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया