बेल्जियममा पहेँलो टिसर्टधारीहरुको प्रदर्शन, ७० जना पक्राउ

admin

ब्रसेल्स, २२ मङ्सिर: फ्रान्सको सीमा क्षेत्रमा शनिबार पनि बेल्जियमका युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरु पहेँलो टिसर्ट लगाएर प्रदर्शनमा ओर्लिएका हुन् । उनीहरुले छिमेकी फ्रान्सको विरुद्धमा यस्तो प्रदर्शन गरेका हुन् । फ्रान्सेली राष्ट्रपति इमानुयअल म्याक्रोले इन्धनको मूल्यमा भारी वृद्धि गरेकोले त्यसको विरोध स्वरुप उनीहरुले यस्तो प्रदर्शन गरेको बताइएको छ ।

उनीहरुले प्रदर्शन गरेको क्षेत्रमा युरोपेली संसद्, युरोपेली केही कार्यालयहरु रहेकोले सतर्कता अपनाउन भन्दै प्रहरीले सो क्षेत्रलाई प्रदर्शन निषेधीत क्षेत्र घोषणा गरेको थियो । प्रहरीले बेल्जियमका युवाहरुले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शनस्थलमा ठूलो सङ्ख्यामा प्रहरी खटाएको जनाएको छ । प्रदर्शनकारीहरुले सवारी सञ्चालनमाथि रोक लगाएका थिए । उनीहरुले राजमार्गमा नै प्रदर्शन गरेका थिए भने सर्वसाधारण मानिसलाई बाटो हिड्न पनि दिएका थिएनन् । प्रहरीले सो क्षेत्रमा कडा सुरक्षा अपनाएर करीब ७० जनालाई पक्राउ गरेको जनाएको छ ।

बेल्जियम प्रहरीका प्रवक्ता इस्ले भान डि कारीले उनीहरु पक्राउ परेको जानकारी दिएका छन् । बेल्जियमको बेल्गा समाचार समितिले भनेको छ,“प्रदर्शनकारी युवाहरुले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका थिए र उनीहरुले फ्रान्स छिर्ने तथा राजधानी ब्रसेल्सबाट बाहिर धेरै तिर जाने बाटोहरु बन्द गरिदिएका थिए ।” यो पहेँलो टिसर्टधारीहरुको प्रदर्शन फ्रान्सबाट शुरु भएको हो । गत महीना भएको इन्धनको मूल्य वृद्धि गर्ने निर्णयका विरुद्धमा फ्रान्समा प्रदर्शन भएको थियो । त्यसको समर्थनमा शनिबार बेल्जियममा पनि प्रदर्शन भएको हो ।
-रासस÷एएफपी

प्रतिक्रिया