बैंक लुट्न गएकी महिला जाडो सहन नसकेर फर्किए पछि…

मनिषा थापा

एजेन्सी : अमेरिकी राज्य मासाचुसेट्समा एक अचम्मको घटना बाहिर आएको छ । त्यहाँ बैंक लुट्न गएकी एक महिला जाडो सहन नसकेपछि फर्किएको घटना बाहिर आएको हो ।

गत सोमबार कालो चस्मा, कालो जकेट, कालै टोपी लगाएकी एक महिला रिभर म्युनिसिपल क्रेडिट यूनियन बैंक पुगेकी थिइन्। उनी पहिले हडबडाइन्।

त्यसपछि उनी बैंकमा रहेकी एक महिलाको छेउमा गएर कागजमा केही लेखिन्। तर, उनले त्यस कागज च्यातेर भुँइमा फ्याकिन बैंकबाट बाहिर निस्किइन्।
महिलाको शंकास्पद व्यवहार देखेपछि बैंकका कर्मचारीले त्यस कागजलाई जम्मा गरेर पढे। त्यस कागजमा मलाई पैसा देऊ लेखिएको थियो।’

त्यसपछि बैंकले प्रहरीलाई खबर गरे। प्रहरीले ती महिला हतियारसहित बैंक लुट्न आएको हुनसक्ने आशंका गरेको छ। ती महिला जाडोका कारण बैंक नलुटी भागेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले ती महिलाको फोटो सार्वजनिक गर्दै शंकास्पद महिला देखिएको खण्डमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। यतिबेला अमेरिकामा निकै जाडो छ। माइनस १७ डिग्रीसम्मको तापक्रम माइनस ७० सम्म जाने चेतावनी दिइएको छ।

खोला, ताल, झरनाका पानी बरफ भएका छ। मौसम विभागले जाडोमा घर बाहिर निस्किए स्वास्थ्यका लागि घातक हुनसक्ने चेतावनी दिएको छ। अमेरिकामा जाडोका कारण गएको दश दिनयता ८ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया