बोक्सीको आरोपमा आफ्नै परिवारबाट अपहेलित यी महिला अहिले माता बनेर सबैको कल्याण गर्दै (भिडियो)

मनिषा थापा

पिएनपिखबर : काभ्रेको जनागालमा बस्ने लक्ष्मी थापा आफुमा बालकुमारी माताको शक्ति रहेको बताउछिन्। जन्मेको ५ वर्ष देखि जिउमा बालकुमारी भगवान प्रवेश गरेको उनको भनाई छ। उनको भक्तहरु ४ हजार जना पुगिसकेका छन्। उनी आशनमा बसेर आफ्नो भक्तहरुको रोग निर्वारण गर्ने, इच्छा पुरा गर्दिने, लगान देखि झोखाना समेत हेराउने गर्छिन।

उनी भन्छिन, ”मेरो सपनामा महादेव पार्वती आएर आशिर्वाद दिनु हुन्थ्यो। त्यस अघि धेरै विरामी हुने र अस्पताल लाँदा ठिक नहुने पछि झाक्रिकोमा लगेपछि आफै ठिक हुन्थ्यो।’ उनले थपिन, ‘मेरो १५ वर्षमा विवाह भएको थियो। छोरी एक वर्षको हुँदा म आफै १६ वर्षकी थिई तर मेरो त्यो वर्ष बोली नै आएन। घरको सदस्यले बोक्सी विद्या सिकेको भनेर आरोप लगाए।’ उनको शक्तिलाई नचिनेर आफुलाई सबैले घरमा बोक्सीको आरोप लगाएको बताइन। उनी आफ्नो श्रीमानसँग नबोलेको ३ वर्ष भईसकेको छ। उनलाई श्रीमानले पनि धेरै कुटपिट गरेको भन्दै कुराकानीको क्रममै भक्कानिदै रोइन माता।

अहिले उनका श्रीमानले अर्को श्रीमती ल्याएर अन्तै बसेको माताले बताइन। माताको ३ सन्तान छन् जुन आफु एक्लैले लालनपालन गरिरहेकी छिन्। उनको छोरालाई ट्युमर भएको थियो तर पछि बालकुमारी भगवानको कृपाको कारणले ट्युमर नै हराएको माताको दाबि छ। उनलाई परिवारमा हेला गर्ने सबैको अहिले सत्यानाश भएको उनको भनाई छ। कुनै समय निकै पिडा पाएर आत्माहत्या गर्न विष सेवन गर्ने प्रयास गरेकी माता अहिले जन कल्याण गरिरहेकी छिन्। उनकोमा आउने भक्तजन उनीबाट सन्तुष्ट छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू