बोक्सीको आरोप लगाउँदै बुहारीले गरिन् सासुको हत्या, यसो भन्छन छिमेकी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : धुलिखेल नगरपालिका–१ देवीटारमा बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । मङ्गलबार राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको घटना सार्वजनिक भएको छ।

स्थानीयको भनाई अनुसार, अभियुक्त बुहारीले माता शरीरमा बसेको र सासुलाई बोक्सी भनेर आरोप लगाई खाना खान लागेको समयमा सुन्तलीले ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासूको हत्या गरेकी हुन्।

बुहारी र सासुको प्राय झैझगडा हुने गरेको थियो। मृतक सासुको सव पोष्टमार्टमको लागि सिर मेमोरियल अस्पताल राखिएको छ।

बाँकी हेर्नुहोस भिडियोमा: 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू