यति मिठो बोल्ने सुनिता भन्छिन, ‘कान नसुनेको कारण मेरो आवाज आउदैन जस्तो लाग्छ’

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय टिकटकमा भाइरल नाम भएको एक नाम हो सुनिता थापा। उनको टिकटकको भिडियो निकै लोकप्रिय हुदै गएको छ। उनी फरक क्षमता भएकी युवती हुन्। स्यांजा ९ चापाकोटमा बुबा कुलबहादुर थापा र आमा मैना थापाको कोखबाट जन्मिएकी उनी १२ बर्षको कलिलो उमेरमा बिरामी परेर सुन्न सक्ने शक्ति गुमाईन।

उनको अनुसार, उनलाई १२ बर्षको उमेर टाईफाईड भएको थियो जसकारण आफ्नो श्रवण शक्ति गुमाईन। उनले सुन्न नसक्ने भएको कारण बोल्न पनि सक्दिन भन्ने उनलाई लाग्छ। तर उनी बोल्न भने सक्छिन। उनी भन्छिन, ‘मलाई १२ हुँदाको गीतहरु याद छ र अहिले पनि आउँछ।’

२६ वर्षिया थापाको अभिनयमा निकै रुची छ। भविष्यमा कसैले मौका दिए र समय र जीवनले साथ दिए हिरोइन भन्ने समेत ईच्छा रहेको उनी बताउछिन ।

हेर्दा पनि उनी निकै स्वस्थ र राम्री छिन्। अध्धयनको कुरा गर्ने हो भने उनले स्नातक तहसम्म पास गरिसकेकी छिन्। उनलाई लेखेर दिएमा सजिलै बोलेरै प्रतिक्रिया दिने गर्छिन। अपाङ्ग सँस्थामा आबद्ध रहेकी उनी अपाङ्गतामा छनौट भएर १० महिने तालिमको लागि जापान जाने पनि अवसर पाईन। केहि दिन अघि मात्र उनी जापानबाट स्वदेश फर्किएकी हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू