ब्राउन सुगरसहित युवती पक्राउ

राष्ट्रिय समाचार समिति

कैलाली, २४ असोज : प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई आज पक्राउ गरेको छ । त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा चौधरीले शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

प्रतिक्रिया