ब्रिसबेनमा ‘नेपथ्य लाइभ २०१९’

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। नेपाली ब्यान्ड ‘नेपथ्य’ को चर्चा विश्वव्यापक छ। अझ भनौ जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ नेपथ्य ब्याण्डको लाइभ शो नभएको ठाउँ नहोला। अत्यन्त्यै लोकप्रिय यस ब्याण्डले फेरी पनि एक पटक अस्ट्रेलियामा बस्नुहुने नेपाली समुदायलाई नचाउने भएको छ।

ब्रिसबेन शहरको मुटु फोर्टीट्युड भ्यालीमा नोभेम्बेर १९ तारिकको दिन ‘नेपथ्य लाइभ २०१९’ कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम हिमालयन बिजनेस ग्रुपमार्फत आयोजना गरिएको हो। मिराई एडुकेशन हस्पिट्यालिटि पार्टनर, ८८४८ मोमो हाउस र असम पर्मिजियाना याण्ड स्टिक हाउस प्रायोजनमा रहेर कार्यक्रम सम्पन्न गर्न साथ दिने भएका छन्।

कार्यक्रम सम्पन्न पार्नको निमित्त प्रत्यक्ष वा अप्रत्यक्ष साथसहयोग गरिदिनु हुने सम्पूर्ण सहयोगी मनहरुलाई आयोजक टिमले धन्यबाद दिदैँ सहयोग अतुलनिय रहने बताएको छ। साथै आयोजक टिमले सम्पूर्ण ब्रिसबेनवासी नेपाली समुदायलाई नजिकिदै गरेको नेपालीको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अग्रिम शुभकामना व्यक्त गरेको छ।

कार्यक्रममा नेपथ्य ब्याण्डको प्रस्तुतिको साथै अन्य आकर्षणहरु पनि रहने छन्। सिड्नी र ब्रिसबेनबाट डिजे नट्केस र डिजे गुर्खाको प्रस्तुति रहने छ।

कार्यक्रम हुने ठेगाना :

भेन्यु : द फोर्टीट्युड म्युजिक हल

ठेगाना : ३१८ ब्रन्सविक स्ट्रीट, फोर्टीट्युड भ्याली

टिकेट धमाधम बिक्रि भईरहेको छ। कृपया यहाँहरु पनि कार्यक्रममा सहभागी हुन चाहानुहुन्छ र विदेशी भूमिमा नेपालीपनको आभास गर्न चाहानुहुन्छ भने टिकेट आजै किन्न सक्नुहुन्छ। टिकेट किन्नको लागि तलको नम्बरमा सजिलै सम्पर्क गर्न सक्नुहुन्छ।

सुनिल बस्नेत : ०४२४११२५७७

सम्भु घैसे : ०४१२५५२७१३

म्यान्डी केसी : ०४४९८१९३४९

प्रतिक्रिया

सम्बन्धित समाचारहरू