ब्लड क्यान्सर पीडित शोभालाई मलेसियाबाट आयो आर्थिक सहयोग [भिडियो सहित]

शर्मिला गुरुङ

ललितपुर, ९ जेठ : ललितपुर जिल्ला,कोन्ज्योसोम गाउँपालिका- १ चौघरेकी ब्लड क्यान्सर पीडित शोभा थिङ तामाङलाई मलेसियाबाट आएको आर्थिक सहयोग प्रदान गरिएको छ । मलेसियामा कार्यरत अभिषेक (पासाङ) लामाको नेतृत्वमा मलेसियाको विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुबाट संकलन गरिएको रु.६२ हजार ७ सय ८४ रुपैयाँ शोभालाई प्रदान गरिएको हो।

लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक एबम सामाजिक अभियन्ता श्याम ङेसुर तामाङले भक्तपुर क्यान्सर हस्पिटलमै गएर उक्ता सहयोग रकम शोभालाई प्रदान गरिएको हो ।

विगत केही महिनादेखी ब्लड क्यान्सर पीडित शोभा थिङ तामाङको भक्तपुर क्यान्सर हस्पिटलमा उपचार भईरहेको छ ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका उनलाई सहयोग गरेर नयाँ जीवन दिनुहून सामाजिक अभियन्ता श्याम ङेसुर तामाङ र कोन्ज्योसोम-१ चौघरेका निमित्त प्र.अ.मानसिह ग्लान तामाङले सबैलाई अनुरोध गरेका छन् ।

आर्थिक सहयोग संकलन/प्रदान/ब्लड क्यान्सर पीडित शोभा थिङको तस्बिरहरु:

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू