ब्वाइज युनियन र मछिन्द्र बराबरीमा

admin

काठमाडौँ, २० मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । खेलको ४५औँ मिनेटमा ब्रिगेडका कैलाश बस्नेतले प्रहार गरेको उत्कृष्ट हेड पोलमा लागेर फर्किएको थियो । सो खेलमा ब्रिगेडका जय गुरुङले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । बराबरीसँगै ब्रिगेड छ खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको १२औँ स्थानमा छ भने मछिन्द्र छ खेलबाट तीन अङ्क जोड्दै १३औँ स्थानमा छ ।

छैटौँ चरणका खेल सकिए
लिगअन्तर्गत छैटौँ चरणका खेल सकिएका छन् । छैटौँ चरण सकिँदासम्म शत प्रतिशत नतिजासहित मनाङ् मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ । थ्रीस्टारले मनाङलाई पछ्याइरहेको छ । सातौँ चरणका खेल मङ्सिर २२ गतेदेखि हुनेछन् ।
-रासस

प्रतिक्रिया